+
+

चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : कांग्रेस उपसभापति खड्का

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १५:५६

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् ।

बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए ।

‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरेपछि मात्र यो विषयमा छलफल गर्छौं’ उनले भने, ‘गठबन्धन हुन्छ कि हुँदैन भनेर अहिले नै छलफलको विषय बनाउँदैनौं । अहिले नै छलफल गर्नु अपरिपक्व हुन्छ ।’

कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म सञ्चालन गर्ने चुनाव प्रचार अभियानका विषयमा गठबन्धनको विषयमा कुनै कुरा नगरिने उपसभापति खड्काले बताए ।

‘गठबन्धनको विषयमा पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ त्यो निर्णय जनताका बीचमा लिएर जान्छौं, त्यो भन्दा अगाडि गठबन्धनको विषयमा कार्यकर्तालाई केही भन्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?