+
+

चिरञ्जीवीको ‘गडफादर’मा केमियो रोलका लागि सलमानले पारिश्रमिक नलिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते ११:३२

४ चैत, काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो उदार स्वभावलाई लिएर परिचित छन् । निकट साथी उनलाई ‘यारोंका यार’ पनि भन्छन् ।

दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीसँग उनको सम्बन्ध हार्दिक छ । बाल्यकालदेखि नै चिरञ्जीवी सलमानका प्रिय अभिनेता हुन् । चिरञ्जीवीका छोरा रामचरण आफ्नो फिल्म ‘जञ्जीर’को छायांकन मुम्बईमा गरिरहँदा सलमान उनीसँगै खाना लिन सेटमा पुग्ने गर्थे ।

यतिबेला भने यी दुईजनाको यस्तो सम्बन्धलाई लिएर नयाँ खबर छ । चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’मा सलमानको केमियो भूमिका हुने भएको छ । यो फिल्मका लागि प्रस्ताव गरिएको २० करोड भारु पारिश्रमिक नलिने सलमानले सलमानले गरेका छन् ।

यदि चिरञ्जीवीले उनलाई पैसा तिर्न बाध्य बनाए आफूले फिल्म नखेल्ने पनि सलमानले स्पष्ट पारेका छन् । चिरञ्जीवीलाई सलमानको प्रश्न छ, ‘यदि मैले तिमीलाई मेरो फिल्ममा भूमिका गर्न दिएँ भने त्यसको लागि तिमीले शुल्क लिन सक्छौ ?’ यो प्रश्नले चिरञ्जीवी अवाक् भए ।

‘गडफादर’मा सलमानको २० मिनेट लामो अतिथि भूमिका हुनेछ भने एकसाता उनी छायांकनमा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?