+
+

यातायातले सूचना सच्याउँदै भन्यो-भोलि विहानसम्म मात्रै सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १६:००

९ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना संशोधन गरेको छ ।

विभागले बुधबार दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।

यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो । यसले  सेवा अवरूद्ध कहिले सुचारू हुन्छ भन्ने अनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा विभागको  आलोचना भएको थियो ।

तर, विभागले संशोधित सूचनामा सबै सेवा अनिश्चितकालका लागि बन्द हुने सूचना सत्य नभएको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?