+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विदेशी सेलिब्रिटीलाई सरकारको निम्तो, चर्चित टर्किस अभिनेता अल्टन नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १२:०३

काठमाडौं । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिन सुरु गरेको छ ।

पर्यटन उकास्ने लक्ष्य राखिएको यो कार्यक्रम अन्तर्गत आगामी जेठ १३ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा समेत मन्त्रालयले सहकार्य गरेको छ ।

मन्त्रालयकै निम्तोमा चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन सोमबार बेलुका नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टुरिजम रिभाइभल कमिटीका संयोजक राजाराम गिरीले अभिनेता अल्टनलाई स्वागत गरे ।

नेपाल भ्रमणमा आइपुगेका अभिनेता अल्टनले आफ्नो मुलुकमा नेपाल खुला रहेको सन्देश दिने रिभाइटल कमिटी सचिव कञ्चन बस्नेतले अनलाइनखबरसँग बताइन् । ‘अल्टनको आगमनसँगै सेलिब्रिटी नेपाल आउने क्रम सुरु भयो,’ उनले भनिन्, ‘अन्य मुलुकका कलाकारलाई समेत नेपाल भ्रमणको निम्तो दिनेछौं ।’

पर्यटन मात्र नभएर अन्य कुरामा समेत नेपाल खुला रहेको सन्देश दिनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । कमिटीले एक वर्षको लागि कार्यक्रम तय गरेको छ । आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरु र सेलिब्रिटीलाई पनि निम्तो दिइने तयारी रहेको जनाइएको छ ।

नेपालमा रहँदा अभिनेता अल्टनले पर्यटकीय स्थल र सांस्कृतिक सम्पदाको घुमघाम गर्ने भएका छन् । यस्तै काठमाडौंमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्ने पनि तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?