+
+

गठबन्धनको चुनावी अभियान देउसी जस्तो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १८:०६

२२ वैशाख, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गरेका छन् ।

बिहीबार कञ्चनपुरको बेलौरीको खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘अरुका सभा घरदैलो देउसी जस्तै देखिन्छ । अरुका जस्ता ससाना कार्यक्रम हामीले गर्नुहुँदैन ।’

ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन कि भनेर झस्कने गरेको बताए ।

‘एमालेसँग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन्,’ उनले भने, ‘शेरबहादुर जीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसँग एक्लै लड्न सकिँदैन, ठूलो छ भनिरहेका छन् ।’

गठबन्धनको घोषणा पत्रप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई गाली बाहेक अरु केही उल्लेख नगरेको आरोप लगाए ।

‘कांग्रेसको घोषणा पत्रमा सभापतिको नाम ७ पटक छ, मेरो नाम ४२ ठाउँमा लेखेका छन्,’ उनले भने, ‘एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन ।’

एमालेलाई टर्च लगाएर खोज्नु पर्छ भन्नेहरुलाई उनले बैलौरी सभा हेर्न आह्वान् गरे । ‘अरुले आफ्नो हैसित अनुसारका कार्यक्रम गरिरहेका छन् । एमालेबाट छुटिएको नेताले टर्च बालेर खोज्नु पर्छ भन्यो । बेलौरीमा यत्रो सभा देखेनन्,’ उनले भने, ‘वैशाख ३० गतेपछि कसलाई कसले टर्च बालेर खोज्नुपर्छ देखाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?