+
+

ललितपुरमा २२ जना वडाध्यक्ष फेरि उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ६:३०

२३ वैशाख, काठमाडौं । ललितपुर महानगरमा रहेका अघिल्लो स्थानीय तहको निर्वाचनबाट जितेका २९ वडाअध्यक्ष मध्ये २२ जना वडाध्यक्षहरु फेरि चुनावी मैदानमा होमिएका छन् ।

२०७४ मा एमालेबाट जितेका १५ जना वडाध्यक्षहरुमध्ये १२ जना वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । एमालेबाट नै ७ जना दोहोर्‍याएर उठेका छन् ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट २ जना, स्वतन्त्रबाट ३ जनाले फेरि उम्मेदवारी दिएका हुन् ।

दोहोर्‍याएर वडाध्यक्षको उम्मेदवार हुनेमा एमालेबाट ४ नम्बरमा नारायण केसी ५ नम्बर वडाबाट विकासमान श्रेष्ठ, ११ नम्बरबाट इन्द्रमान महर्जन, १२ नम्बरबाट नारायणलाल अवाले, १७ नम्बरका विनोद महर्जन, २५ नम्बरमा विष्णुकुमार कार्की र २९ नम्बरमा गणेशकुमार महर्जन रहेका छन् ।

यस्तै वडा नम्बर २ मा राजेश कुमार महर्जन, वडा नम्बर ३ मा श्रीगोपाल महर्जन नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन् ।

यस्तै एमालेबाट वडाध्यक्ष जितेर अहिले १४ नम्बर वडामा रामबाबु महत, १८ नम्बर वडाध्यक्ष पुरुषोत्तम खड्का, र १९ नम्बर वडामा विनोद ताम्राकार स्वतन्त्र रुपमा उठेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट जितेका ९ जनामध्ये ६ जना दोहोर्‍याएर वडाध्यक्षमा उठेका छन् । जसमध्ये कांग्रेसबाट नै ४ जना र २ जना स्वतन्त्र उठेका छन् ।

कांग्रेसबाट जितेर फेरि दोहोर्‍याएर वडाध्यक्ष उठ्नेहरुमा १ नम्बर वडाध्यक्ष निर्मल तण्डुकार र १३ नम्बरमा गणेश केसी स्वतन्त्र रुपमा उठेका छन् ।

यस्तै कांग्रेसबाट नै ७ नम्बर वडाध्यक्ष कुलबहादुर शाक्य, ९ नम्बर वडाध्यक्ष राजु महर्जन, १६ नम्बरका वडाध्यक्ष निर्मल रत्न शाक्य, २० नम्बर वडाध्यक्ष चन्द्र लाल महर्जन छन् ।
यस्तै नेकपा माओवादी केन्द्रले जितेको ४ मध्ये ३ वटा वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । माओवादीले जितेका २१ नम्बर वडामा रविन्द्र महर्जन, २६ नम्बर वडामा सुरेश महर्जन र १८ नम्बरमा राजेश महर्जन फेरि वडाध्यक्षका उम्मेदवार भएका हुन् ।

अघिल्लो चोटि १० नम्बर वडामा स्वतन्त्र उठेर जितेका नरसिंह व्यञ्जनकार फेरि उम्मेदवार बनेका छन् । ललितपुर महानगरमा जम्मा ५८७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १४७ जना वडाध्यक्षको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?