
३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत उदयपुरमा करिब ५५ प्रतिशत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार जिल्लामा हालसम्म ५५ प्रतिशत मत खसेको छ । उनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।
जिल्लाका २५८ मतदान केन्द्रबाट मतदान भइरहेको छ । केही मतदान स्थलमा वर्षाले केही मतदान प्रभावित भए पनि मतदान कार्य रोकिएको छैन ।
उदयपुरमा २ लाख २३ हजार १३८ मतदाता छन् । जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4