+
+

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १५:१४

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो ।

टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक खण्डदेखि १०० मिटर तल भिरमा फसेको अवस्थामा उद्धार गरेको हो ।

उनीहरुलाई डोरीको सहायतले सुरक्षित स्थानमा ल्याएर साथीहरुको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले अमेरिका पोटोरिको घर भएका ३४ वर्षका डग्लस रो, भारत चण्डीगढका ३० वर्षका नवप्रित डिलोन र भारत मुम्बईका २९ वर्षका माधव गुप्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?