+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

१८ वर्षदेखि खानेपानी समितिका अध्यक्ष ‘पानी बा’

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असार २७ गते १३:३८

२७ असार, दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौं पटक निर्वाचित भएका छन्, ७३ वर्षका देवीबहादुर डाँगी ।

१८ वर्ष संस्थाको नेतृत्व गरिसकेका उनी पुनः तीन वर्षका लागि अध्यक्षमा चुनिए, त्यो पनि लोकप्रिय मत ल्याएर । डाँगीले दुई हजार २९४ मत ल्याएर सातौं पटक अध्यक्षमा चुनिँदा उनका प्रतिस्पर्धी नारायण भूसालले एक हजार ८५ मत पाए ।

‘उपभोक्ताले मलाई छोड्नै दिँदैनन्, हामीलाई पानी खुवाउने यही बुढा हो भन्छन्’ निर्वाचित भएपछि उनले भने ।

संस्थाको स्थापना कालदेखि नेतृत्व गर्दै आएका उनलाई धेरैले बुढो हुनुभयो, अब नेतृत्व छोड्नुपर्छ भनेका थिए । यस पटक अध्यक्षमा उम्मेदवारी दिँदा पनि पद छाड्न नसकेको भनेर उनको आलोचना भयो । तर निर्वाचनमा उपभोक्ताले उनलाई नै रोजे । डाँगी भन्छन्, ‘इच्छालाई उमेरले छेक्दैन ।’

पानीमै भुले

घोराहीमा धेरैले डाँगीलाई ‘पानी बा’ नामले चिन्छन् । धारामा पानी आएन भने उपभोक्ताले उनलाई फोन गरिहाल्छन् र उनी पनि समस्या समाधानमा लागिहाल्छन् ।

जीवनको अधिकांश समय खानेपानीकै क्षेत्रमा काम गरेकाले बाँकी समय पनि यही क्षेत्रमा काम गर्ने इच्छा भएको डाँगी सुनाउँछन् । ‘मलाई अब अरु केही छैन, यहाँका बासिन्दालाई पानी खुवाउन पाए पुग्छ’ उनी भन्छन् ।

घोराहीका शहर र गाउँहरुमा पानीको अभाव हुन थालेको छ । मुहान सुक्दै जान थालेपछि खानेपानी थप स्रोत विकल्प खोज्नुपर्ने भएको छ । अब बबई नदीको पानी ल्याउनुपर्ने डाँगी बताउँछन् । ‘बबईबाट लिफ्टिङ गरेर घोराहीबासीलाई पानी खुवाउने योजना अघि सारेको छु’ उनी भन्छन्, ‘यसमा सफल भइयो भने घोराहीमा पानीको समस्या सधैंका लागि टर्छ ।’

हाल घोराही खानेपानी उपभोक्ता समितिमा सात हजार ३०० भन्दा बढी उपभोक्ता छन् । यो संख्या हरेक वर्ष बढ्दो छ र त्यही अनुसार पानीको खपत बढ्दो छ । घोराहीमा दैनिक ४० लाख लिटर भन्दा बढी पानी आवश्यक पर्छ । ‘हरेक वर्ष पानीका उपाभोक्ता बढेका छन्’ उनले भने, ‘यो संख्या हेर्दा अबको ५ वर्षजति मात्रै यहाँको पानीले धान्छ होला ।’

बबई खोलाबाट पानी लिफ्टिङ गरे घोराहीमा ५० वर्षसम्म पानी पुग्ने बताए । ‘जतिबेला घोराहीमा पानीको संकट थियो, त्यो बेलादेखि अहिलेसम्म यहाँका बासिन्दालाई पानी खुवाइरहेछु’ उनले भने, ‘अबको योजनाबाट ५० वर्षसम्म पनि यहाँका बासिन्दालाई पानी खुवाउन चाहन्छु ।’

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?