+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पुनर्बहालीपछि अर्थमन्त्री शर्माको पहिलो निर्णय : निक्षेप बीमा ५ लाखसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:५८

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्‍याउने निर्णय गरेका छन् । अर्थमन्त्रीमा पुर्नबहाली भएपछि मन्त्री शर्माले  बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका हुन् ।

बजेटमा अनाधिकृत व्यक्तिलाई संलग्नता गराएको आरोप लागेपछि संससदिय छानविन समिति गठन भएसँगै शर्माले राजिनामा दिएका थिए। संसदीय छानविन समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीमा पुन शर्मा नै नियुक्त भएका हुन् ।

बजेटको ३३३ नंम्बर बुँदामा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित संरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायर विस्तार गर्ने र निक्षेप बीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?