२६ असोज, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।
‘सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पायौं’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।’
आयोग स्रोतका अनुसार बुधबार नै यसबारेमा निर्णय भइसकेको छ भने सक्दो छिटो दाहाललाई पत्र पठाउने तयारी समेत भएको छ ।
आचारसंहिता उल्लंघन भएमा उम्मेद्वारी रद्दको निर्णयसम्म हुनसक्छ । तर पहिलोपटक स्पष्टीकरण सोधिएकाले उनलाई सचेत वा ध्यानाकर्षण गराउनेसम्म हुनसक्ने आयोग स्रोतले बतायो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4