+
+

धनगढीको लक्ष्मीनारायण मन्दिरका संरचनामा चल्यो डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १७:४१

१९ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि पनि डोजर चलाएको छ ।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचना उपमहानगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको हो ।

शनिबार बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काएको हो ।

उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५–१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काएको हो ।

सेती प्रादेशिक अस्पतालका संरचनामा डोजर चलाएर हाउने अभियान थालेको उपमहानगरले क्रमशः निजी संरचना पनि भत्काइने जनाएको छ ।

गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो ।

तर व्यवसायीहरुले दशैं, तिहार र छठ पर्वसम्म पर्खिदिन आग्रह गरेपछि उपमहानगरपालिकाले थप छठसम्मको समय दिएको थियो ।

सम्बन्धित घरधनीलाई आफै संरचना भत्काउन समय दिएको उपमहानगरले अटेरी गरेमा डोजर चलाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?