
६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ ।
एमाले भन्दा कांग्रेस १३ हजार भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । घण्टी चिह्नतर्फ समानुपातिकमा ३६ हजार ल्याएको छ ।
चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३२ हजार ल्याएको छ । समानुपातिकतर्फ राप्रपाले उत्साहजनक मत पाइरहेको छ । अहिलेसम्म राप्रपाले २० हजार मत ल्याएको छ ।
३ हजार ७७६ मत ल्याएको एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले बढी मत ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4