+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डिनाले प्रत्यक्षको टिकट मागेपछि देउवाले भनेका थिए, ‘दिन्छु, हारियो भने मुख नदेखाउनू’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २१:३८

८ मंसिर, काठमाडौं । आम चुनावको टिकट वितरण गर्नुअघि गत असोज पहिलो साता कांग्रेसभित्र एउटा रोचक सवाल जवाफ चल्यो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीकी एकमात्रै महिला पदाधिकारी महालक्ष्मी उपाध्याया डिनाले मुखै फोरेर भनेकी थिइन्, ‘जिल्ला सभापतिदेखि प्रदेशसम्म, जहाँ पनि पुरुष सभापति हुने, महिलाले केही नपाउने ?’

प्रसंग चुनावका लागि प्रशिक्षणको थियो । देउवा, प्रकाशमान सिंहलगायत नेता सहभागी भेलामा सहमहामन्त्री डिनाले अब आफू समानुपातिकमा नबस्ने, प्रत्यक्ष नै लड्ने अडान लिएकी थिइन् । उनले सधैं महिला पछि पर्नू नहुने बताएकी थिइन् ।

देउवाले जवाफ दिँदै भनेका थिए, ‘उहाँले मलाई ठुलै चुनौती दिनुभयो । म डिनालाई टिकट दिन्छु । तर हार्न पाउनुहुन्न । हारियो भने मसँग मुख देखाउन नआउनू ।’

देउवाले आफ्नो वचन पूरा गरेर डिनालाई टिकट दिए । तर प्रत्यक्ष उठेर पनि डिनाले चुनाव जित्न पाइनन् । चुनावमा उठ्ने सबैले जित्छन् भन्ने के छ र ?

सहमहामन्त्री डिना मकवानपुर १ मा दिपक सिंहसँग २४ सय मतान्तरले पराजित बनेर दोस्रो मत पाइन् । एमालेले उठाएका राप्रपा नेपाल अध्यक्ष कमल थापा तेस्रा बने । हारे पनि डिनाले पाएको मत सम्मानजनक देखिन्छ ।

उनले प्रत्यक्षमा उम्मेदवारी दर्ता गर्दै भनेकी थिइन्, ‘म समानुपातिकमा पहिलो नम्बर हुन सक्थेँ, तर जनअनुमोदनका लागि प्रत्यक्षमा चुनाव लड्न आएको छु ।’

चुनाव हार्न पुगे पनि उनले देउवालाई महिलाको हैसियत देखाउँदै दिएको चुनौती भने रोचक छ । सामाजिक सञ्जालमा उनको प्रश्न र देउवाको जवाफको भिडियो अहिले भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?