+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलालीमा सइ र हवल्दारले नै तस्करी गरेको आरोप, जिम्मेवारी खोसेर अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते ११:०९
सइ सुशील चन्द

२१ पुस, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करीको सामान ओसारपसार र हप्ता असुलीमा संलग्न भएको आरोपमा दुई जना प्रहरीको जिम्मेवारी खोसेको छ ।

हप्ता असुलीको आरोप लागेका जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी प्रमुख रहेका प्रहरी नायब निरीक्षक (सइ) सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले दुवै जनालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको जानकारी दिए । ‘उहाँहरुका विषयमा प्रश्न उठाउदै बेनामी उजुरी परेपछि तत्काल जिम्मेवारीमुक्त गरेर मैले आन्तरिक छानबिन अघि बढाएको छु,’ एसपी पालले अनलाइनखबरसँग भने, ‘दोषी देखिएको अवस्थामा कारबाही गछौं ।’

जिल्ला प्रहरी कार्यालयमा सादा पोशाकका प्रहरीका रूपमा कार्यरत चन्द र भट्टले कैलालीका विभिन्न क्षेत्रबाट तस्करीको सामान भित्र्याउने गरेको तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट हप्ता असुली गर्ने गरेको भन्दै कारबाहीको मागसहित बेनामी उजुरी परेको थियो । उक्त उजुरीमा व्यक्तिहरुका नामसमेत उल्लेख गर्दै उनीहरुबाट लिइएको रकम समेत राखिएको छ ।

उजुरी हुला मार्फत जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो भने नेपाल पत्रकार महासंघ कैलाली शाखामा समेत एक प्रति पठाइएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समेत यो प्रकरणमा छानबिन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?