+
+

करछली गर्ने डेढ दर्जन पसल कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १४:३८

१५ माघ, काठमाडौं । आन्तरिक राजस्व विभागले करछली गर्ने डेढ दर्जन पसल र सञ्चालकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

१५ माघसम्म १८ लाख रुपैयाँ बिगो बराबरको अवैध मदिरा, चोरी पैठारीको मदिरा, नक्कली अन्तःशुल्क टिकट प्रयोग भएको मदिरा, सुर्तीजन्य पदार्थ र अन्तःशुल्क जन्य बरामद भएको विभागले जनाएको छ । यस्तो कसुरमा संलग्न व्यक्ति तथा फर्मको पहिचान गर्न र कारबाही गरी राजस्व नियन्त्रणमा देशभरका राजस्व कार्यालय सक्रिय रहेको समेत विभागले जनाएको छ ।

विभागले यस्तो कसुरमा संलग्न रहेका जानकारी भए विभाग र कार्यालयमा जानकारी गराउन समेत भनेको छ ।

विभागका अनुसार फिदिम, दमक र भद्रपुरबाट बिलविजक बेगरका भारतीय ब्राण्डका अन्तःशुल्क जन्य वस्तु, मदिरा, खैनी, बिंडी, सुर्तीलगायत बरामद भएको छ ।

काठमाडौंको महाराजगंज र ललितपुरबाट चिनियाँ अवैध मदिरा बरामद भएको छ । पोखराका विभिन्न पसलमा विदेशी मदिराको अनुमति नलिई कारोबार भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?