+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

को हुन् चीनका नयाँ प्रधानमन्त्री ली छ्याङ ?

एजेन्सी एजेन्सी
२०७९ फागुन २८ गते १२:११

चीनको प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त भएका छन्। राष्ट्रपति सी जीनपिङ निकट ६३ वर्षीय छ्याङलाई संसदका २९ सय ४७ मध्ये २९ सय ३६ जनाले मतदान गरेका थिए । ८ जना अनुपस्थित थिए ।

उनी व्यवहारिक नेताका रूपमा परिचित छन्। उनले अब चीनको अर्थतन्त्रलाई सम्हाल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीका रूपमा लीलाई नियुक्त गर्दै सीले आफ्ना समर्थकबाहेक अन्यलाई उच्च पदमा स्थान नरहेको प्रस्ट पारेको विश्लेषकहरूको मत छ।

सांघाइ प्रमुखबाट प्रधानमन्त्रीसम्म 

सी झेझियाङ प्रान्तको प्रमुख हुँदा ली प्रमुख सहयोगी थिए । त्यसबेलादेखिनै उनीहरूबीचको मित्रता गहिरो बन्दै गएको थियो । ली सन् २०१२ मा झेझियाङ प्रान्तका गर्भनर भएका थिए। त्यसपछि झियाङ्सु प्रान्तका पार्टी प्रमुख भएका उनले सन् २०१७ मा सांघाइको कमाण्ड सम्हाले।

पार्टीको पोलिटब्यूरो स्ट्यान्डिङ् कमिटीमा बढुवा भएको चार महिनामै लीले मुलुकको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका हुन्। लीले सीको शुन्य कोभिड नीतिको कडाइका साथ पालनामा सहयोग गरेका थिए।

व्यापारीहरूले उनलाई आविष्कारक पनि भन्छन्। पार्टीका कठोर सिद्धान्तका बाबजुद आविष्कारमा उनको योगदान रहेको व्यापारीहरूको भनाइ छ।

‘ली सीप्रति बफादार भएर नै यो जिम्मेवारी पाउन लागेकामा कुनै सन्देह छैन। सीले हामफाल भनेमा उनले उचाइ सोध्ने समार्थ्य राख्छन्। ली स्मार्ट छन् उनी असल सञ्चालक हुन्’, युरोपियन युनियन च्याम्बर अफ कमर्स चीनका अध्यक्ष जर्ज उत्के भन्छन्। जर्जले सन् १९९० देखि चीनमा व्यापार गर्दै आएका छन्। चिनिँया कम्युनिस्ट पार्टीका धेरै नेताहरूसँग संगत गर्दै आएका छन्।

टेस्लाको उत्पादन उद्योग चीनमा भित्र्याउने श्रेय ली छ्याङलाई जान्छ। अमेरिका बाहिर टेस्लाको पहिलो उद्योग चीनमा स्थापना भएको थियो। सन् २०१९ मा लीले सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्ने घोषणा गरेका थिए। ‘सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्नेछ। यसले चीनलाई आर्थिक भुमण्डलीकरणको युगमा नयाँ स्वरूपमा लानेछ’, उनले भनेका थिए।

ली आर्थिक स्थितिलाई चलायमान बनाउनका लागि चीनको उदार नीतिलाई मिच्न पनि तयार देखिन्छन्। सन् २०१६ मा ली चीनको पूर्वी क्षेत्रको जियाङसुको पार्टी सचिव भएका थिए। त्यहाँ उनले अलिबाबाका संस्थापक ज्याक मा लगायत अन्यसँग बैठक गर्दै त्यहाँ व्यापारको वातावरणको आधार तयार गरे।

प्रधानमन्त्रीका रूपमा आर्थिक अवस्था सुधारका लागि ली अब जिम्मेवार हुनेछन्। उनले अमेरिकासँगको बिग्रदो सम्बन्ध र कोभिडका कारण ध्वस्त अर्थतन्त्र दुबैलाई बलियो बनाउनुपर्नेछ। विगतमा पनि आर्थिक सुधारका लागि काम गरेको हुनाले मुलुकको अर्थतन्त्रलाई गति दिने काम लीबाट हुने अपेक्षा राखिएको छ।

सीको नीतिमा आधारित भएर उनले प्रविधि उद्योग र आविष्कारमा केन्द्रित हुनसक्ने बताइएको छ। चीनको अर्थतन्त्र सुधारका लागि सीले प्रधानमन्त्री लीलाई स्वतन्त्र छोड्ने अनुमान गरिएको छ। ‘सीको विश्वासपात्र भएकाले अर्थतन्त्र सुधारका लागि उनले लीलाई स्वतन्त्र छोड्न सक्छन्। सांघाईमा कडा लकडाउन गरेका कारण लीले सीको विश्वास थप जितेका छन्’, सांघाइ विश्वविद्यालयका पूर्व प्राध्यापक चेन दावइन् भन्छन्।

सीसँग कसरी काम गर्ने भन्ने विषयमा ली राम्रोसँग जानकार रहेको विलिय लेम भन्छन् । उनी वासिंटनमा आधारित बौद्धिक संस्थामा कार्यरत छन्। ‘सीले साथ नदिई लीले कुनैपनि राजनीतिक उचाइ लिएका छैनन्। ली सीप्रति ऋणी भएकाले उनी शतप्रतिशत आदेश पालक बन्नेमा कुनै द्वविधा छैन,’ उनले भने ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?