
२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । उनले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी छन् ।
सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।
निवर्तमान राष्ट्रपतिले शीतल निवास छाड्दा नवनिर्वाचित राष्ट्रपति पौडेल गाडीसम्म पुर्याउन गएका थिए । शपथ समारोहमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका अधिकारीहरु लगायत सहभागी थिए ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : विकास श्रेष्ठ र आर्यन धिमाल
प्रतिक्रिया 4