+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भ्रष्टाचारको आरोपमा चीनमा मेयर बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १५:३१

२ कात्तिक, काठमाडौं । भ्रष्टाचारको आरोपमा चीनको पूर्वी शहर नानजिंगका मेयर बर्खास्त भएका छन् । सरकारी समाचार एजेन्सी सिन्हृवाका अनुसारका मेयर जी जिआनयेलाई संदिग्ध गम्भीर अनुशासनात्मक अपराधका लागि नेतृत्वकारी पदबाट बर्खास्त गरिएको हो ।

ji jianyeयसअघि सत्ताधारी पार्टीको भ्रष्टाचार निरोधक इकाईले जी जिआनयेमाथि छानविन भइरहेको बताएको थियो । शी जिनपिङले गत नोभेम्बरमा राष्ट्रपति पद सम्हालेपछि भ्राष्टाचार उन्मूलन अभियान सुरु गर्नु भएको थियो ।

सन् २०१० देखि मेयर रहेका जी जिआनयेमाथि चलाइएको मुद्दाबारे केही बताइएको छैन, उनी शहरमा पार्टीको उपसचिव समेत रहिसकेका छन् । सरकारी समाचार पत्र बिजनेश हेराल्डका अनुसार आर्थिक भ्रष्टाचार र निर्माण परियोजनालाई लिएर सोधपुछ भइरहेको छ ।

कम्युनिष्ट पार्टीको मुखपत्र पीपुल्स डेलीका अनुसार जीमाथिको मुद्दामा ३३ करोड डलर राशी सामेल छ । यो मुद्दामा पूर्व रेलमन्त्री र एक प्रमुख आर्थिक सल्लाहकार पनि शामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?