+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चुनावी प्रचार टोलीमाथि आक्रमणको प्रयास गर्ने तीन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १३:४१

२ कात्तिक, रुकुम । एकीकृत नेकपा माओवादीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्माको वडा नं २ चिन्तुमा एकीकृत नेकपा माओवादीका भूपालसिंह ओलीलगायतको प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्नेलाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । अर्मा गाविस वडा नं २ का खडकबहादुर पुन, दीपेन्द्र खड्का र धर्मबहादुर खड्का पक्राउ परेको रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उनीहरुले नुवाकोट गाविसको तिमिलेमा लागेको स्थानीय मेलामा वीरेन्द्र ओली र विजय ओलीमाथि पनि साङ्घातिक आक्रमण गरेको जनाइएको छ । घाँटीमा खुकुरी लागेका दुवैको अवस्था गम्भीर रहेको बताइएको छ । शुक्रबार राति १ बजे चुनावी प्रचार टोलीमाथि आक्रमणको प्रयास गरेका उनीहरुलाई शनिबार बिहान प्रहरीले पक्रेको हो ।

आˆनो पार्टीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने नेकपा एमाले निकट युथफोर्सका जिल्ला सदस्य भएको दाबी एमाओवादीको छ । माओवादीको २ नं क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक गोपाल शर्माले विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?