+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बारा-२ को उपचुनावमा बिहारका जनताको पनि चासो छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते २०:०६

२४ चैत, जनकपुरधाम । आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले बारा-२ को उपचुनावान भारतीय जनताको पनि चासो रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आम जनता पार्टीको धनुषा भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा–२ को चुनाव मधेश र देशको मात्र नभई युपी र विहारको जनताको समेत उत्सुकताको विषय रहेको बताएका हुन् ।

बारा– २ मा आमजनता पार्टीको साझा उम्मेदवार जित्ने उनले दावी गरे । ‘बारा जिल्लामा आम जनताको साझा उम्मेदवार जित्नेबाला छन् । तपाईहरु ढुक्क हुनुस् । हामी दलतन्त्रको दलिय सिन्डिकेटलाई उखालेर फालिदिन चाहन्छौं’ साहले भने ।

उनले आफ्नो पार्टी नेपालमा दलीयतन्त्र हटाउन खेजेको बताए । लोकतन्त्रको नक्कली मालिक जनता रहेकाले मुठीभर शासकले रजाइँ गरिरहेको उनको भनाइ छ ।

‘जहाँ पनि हेर्नुस् जनता लाचार छन् । मुठीभर शासकले रजाइँ गर्दै देश लुट्ने काम गरिरहेका छन् । त्यसैले यो दलीय तन्त्र र सिन्डिकेट हटाउन आमजनता पार्टी लागि परेको छ’, उनले भने, ‘जनताको शासन बनाउन, लोकतन्त्र बनाउन हामी लागिपरेका छौं ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष बद्री न्यौपाने, उपमहासचिव कुन्दन कुशवाह, नेता श्रीलाल महासेठ, सन्तोष राज सहनी, सेलिना कुँवरसहितका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?