+
+

सदस्यसचिवलाई मन्त्रालयको प्रश्न : ब्यानरमा कोशी प्रदेश किन नलेखेको ?    

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १९:४६

२१ वैशाख,  विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

झापाको दमकमा बोर्डले आयोजना गरेको भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम किन नलेखेको भन्दै  मन्त्रालयले सात दिने   स्पष्टीकरण सोधेको हो ।

प्रदेश खेलकुद विकास बोर्डले वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।  फाइनलमा आयोजक कोशी प्रदेशलाई पराजित गर्दै  गण्डकीले उपाधि जितेको थियो ।

प्रतियोगिताको ब्यानरलगायत खेल सामग्रीमा कोशी प्रदेशको नाम नलेखेको भन्दै स्पष्टीकरण सोधेको हो ।  मन्त्रालयले वैशाख १७ गते स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधेको दुई दिनपछि मन्त्रालयले १९ गते बोर्डको बैंक खाता पनि रोक्का गरिदिएको छ । प्रभु बैकलाई पत्राचार गर्दै मन्त्रालयले खाता रोक्का गर्न लगाएको हो ।

वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । एमाले नेतृत्वको सरकार बनेपछि वाग्लेलाई पदमुक्त गर्नका लागि स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?