+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पहिचान माग्दै सडकमा साकेला र च्याब्रुङ नाच 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १८:३१

२२ वैशाख, विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै पहिचान पक्षधरले विराटनगरमा साकेला र च्याब्रुङ नाचेका छन् । शुक्रबार रोडशेष चोकमा  किराँत समुदायले साकेला र लिम्बु समुदायले च्याब्रुङ नाचेका हुन् ।

गत फागुन १७ गते प्रदेशसभाले भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था आन्दोलित छन् ।

शुक्रबार किराँत धर्मावलम्बीको  उभौली पर्वको अवसरमा मुख्यमन्त्री कार्यालय नजिकै रोडशेष चोकमा  साकेला र च्याब्रुङ नाचेका हुन् ।

साकेला र च्याब्रुङ नाचेका पहिचान पक्षधरले प्रदेशको नाम पहिचानका आधारमा पून नामाङकन गर्न माग गरे ।

किराँत राई यायोख्खा, किराँत याख्थुम  चुम्लुङले साकेला र च्याब्रुङ नाच्दै  पहिचान पक्षधरको माग सम्बोधन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?