+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

२१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १८:०७

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा विजेतालाई पुरस्कृत गरियो । २०७९ सालमा रिलिज भएका गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएबापत संगीतकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड हस्तान्तरण गरियो । ५० हजार रुपैयाँसहित सुकमित गुरूङलाई विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरियो । झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपैयाँसहित गायक बद्री पङ्गेनीलाई सम्मान गरियो ।

दिवंगत गायक प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान गायक तथा संगीतकार भविन ढुङ्गाना तथा कला पत्रकारिता सम्मान २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरियो । विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीति संग्रह ‘नजर ३’ विमोचन गरिएको थियो भने उक्त संग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो ।

विन्ध्यवासिनी फाउन्डेसनले यसअघि ‘नजर’ गीति संग्रहबाट सङ्कलित आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपैयाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन् ।

यी हुन् अवार्ड विजेता :

सर्बोत्कृष्ट गीत

छुटेपछि त छुट्यो : दिपीका रिमाल थापा (गीतकार)

सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत)

रुपक डोटेल (तिमी बिना)

सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत)

जुनु रिजाल (न दोष तिम्रो न दोष मेरो)

सर्बोत्कृष्ट संगीत (सुगम संगीत)

ईश्वर अमात्य (अघि बढे भेल बाढी)

सर्बोत्कृष्ट रचना (सुगम संगीत)

बि पाण्डे (झुम्के बुकाली)

सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)

प्रभा बर्तौला (एउटा कथा)

सर्बोत्कृष्ट पप गायन (पुरुष)

संजीब सिंह (आधा रातमा)

सर्बोत्कृष्ट युगल गायन

हिमाल सागर र अनु चौधरी (ए होर माया)

सर्बोत्कृष्ट एरेन्जर

साहस शाक्य (साथले तिम्रो)

सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)

विक्रम परियार (पाखे)

सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला)

सुनिता बुढा छेत्री (रुदै रुदै नौतुना रेलैमा)

सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक (दोहोरी)

स्मृति तिमल्सीना (मकै पिस्ने जाँतो)

सर्बोत्कृष्ट लोक दोहोरी भाका

सन्तोष केसी (गुल्मेली हुम कर)

सर्बोत्कृष्ट मोडल (लोक दोहोरी)

रुबिना अधिकारी र लोमस शर्मा (बिउरीयो दुई दिने चोला)

सर्बोत्कृष्ट मोडल (आधुनिक)

कुमारी बराइली र बिमल अधिकारी (दिलको डायरीमा)

सर्बोत्कृष्ट गीत (लोक दोहोरी)

घनश्याम रिजाल (सुन्य भयो डाँडैको चौर)

सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)

रामजी लामिछाने (एउटा कथा)

सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत

हाम्रो देशको सिमाना (अर्जुन कौशल)

सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर)

प्रबिण भट्ट (पिर)

सर्बोत्कृष्ट छायाकार (क्यामेरापर्सन)

अजय रेग्मी (सराङकोटको डाँडैमा)

अन्तर्राष्ट्रिय साधक पुरस्कार

कौशिला खनाल कमाचार्य

पब्लिक च्वाइस अवार्ड :

दीपेन्द्र तिमल्सीना

पपुलर अवार्ड : प्रकाश धमला

जूरी अवार्ड म्युजिक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ

जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी

जूरी अवार्ड अभिनयतर्फ : बादल धिमिरे

जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी

जूरी अवार्ड गीततर्फ : कमल सरगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?