+
+
Shares

रक्सी कारखानाले गर्यो घरको छतमा धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ७ गते ९:०२

यो दुनियामा धेरै विचित्र कहीँ हुन्छ भने हाम्रै छिमेकी चीनमा हुन्छ । केही समयअघि एकजना चिनियाले आफ्नो २६ तले घरको छतमा पहाड खडा गरेको समाचार आएको थियो ।

अहिले फेरि अर्को त्यस्तै तर अलि कम खतरनाक र सिर्जनात्मक प्रयोगको खबर आएको छ । समाचार अनुसार चीनमा घरको छतमा धानखेति सुरु गरिएको छ, त्यो पनि एक रक्सी कारखानाले ।

Chinese-man-grows-rice-on-roofसमाचार अनुसार लिउजियांग काउन्टीस्थित एक वाइन कारखानाले घरको छतमा धानखेतीको योजना बनाएको छ । घरको छतमा माटो जम्मा गरेर खेत बनाउने काम भैरहेको छ ।

चीनमा आवाद जग्गाको कमी छैन । तरपनि वाइन कम्पनीले किन घरको छतमा खेत बनाउन लाग्यो भन्ने कुरा चाहीँ अचम्मैको छ । विशेषज्ञहरुले घरको छतमा सही माटो तथा मल र पानी दिएमा राम्रोसँग धान फल्ने र त्यहाँ जमिनमा जस्तो रोगकिराको डर पनि कम हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?