+
+

अर्थतन्त्र सुधारका लागि वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्छौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १४:४४

४ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले त्यसको उपाय र कदमहरु चालिएको बताए ।

‘अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको छ,’ उनले भने, ‘सबै सचेत र इमान्दार पहलले रेमिट्यान्स र विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको दाबी गरे । सरकारले विकास निमार्ण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप शसक्त बनाएको उनले बताए । जसले राज्यप्रति जनताको विश्वास बढ्दै गएको उनले बताए । यस्तै भूकम्प पीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?