+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १७:४३

१८ जेठ, काठमाडौं। चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। यसअघि आजै प्रधानमन्त्री दाहाल प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवाभोज आयोजना गरेका थिए । प्रधानमन्त्री दाहालले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?