११ कात्तिक, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले रानीपोखरी सरसफाइ कार्य सम्पन्न गरेको छ । १०० बैंक कर्मचारी र २५ काठमडौं महानगर कर्मचारी मिलेर शनिबार विहान सो कार्य गरेका हुन् ।
छठ र तिहारमा पूजाआजा गर्नेको लागि रानीपोखरी खुला गरिन्छ । त्यसको पूर्वसन्ध्यामा बैंकको आयोजनामा ४८ फूल बाटिका रंग रोगन, गोडमेल र झारपात सफा गरिएको छ । १२५ कर्मचारीले ४ घन्टामा कार्य सम्पन्न गरेको बैंकले जनाएको छ । उक्त कार्यका लागि एसियन पेन्ट्सले ४० लिटर एपेक्स एक्सटेरियर पेन्ट्स सहयोग गरेको थियो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्याल, वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ र बैंकका सिईओ जोसेफ सिल्भानस सहभागी हुनुभयो ।
राष्ट्रिय सम्पदा र वातावरणको संरक्षण आफ्नो प्राथमिकतामा रहेको बैंकले जनाएको छ । राष्ट्रिय सम्पादको संरक्षण र सम्वर्द्धनमा पनि आफू प्रतिवद्ध रहेको बैंकले उल्लेख गरेको छ ।
बैंकले यसअघि नै ललितपुरको बिसंखुनारायणमा ८ हजार बिरुवा रोपेको छ । त्यस्तै, हरिहर भवन सडकमा वृक्षारोपणलाई सम्बर्द्धन गरेको छ ।
पुलचोक इन्जिनियरिङ्ग क्याम्पस र किर्तीपुर ल्याबेरेटरी स्कुलमा १०० रुख रोपेको बैंकले जनाएको छ । बैंकले कुपण्डोलको आइल्याण्ड पनि मर्मत गरेको छ । आफूले रोपेका बिरुवाको निरन्तर अनुगमन र सम्वर्द्धन गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया 4