 
																			२६ जेठ, काठमाडौं । बजेटबारे छलफल भइरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेका थिए । त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताएका थिए ।
उनले भने, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ। र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ।मलाई थाहा छ। हाम्रो फाईनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर। तर यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरु सोध्दाखेरी उहाँ नभईदिँदाखेरी अर्को एउटा नियम छ १४२। जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उलंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ।’
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूचि थियो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4