
३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीहरुले टेलिफोन, इन्टरनेट, केवल लगायतका तारहरु व्यवस्थित गर्ने उदेश्यले तार काट्ने काम भइरहेको हो ।
तर, व्यवस्थापनको नाममा काटिएका तारहरू सडक पेटीमा अलपत्र छोडिंदा त्यसले झन् दुर्घटनाको जोखिम बढाएको पैदल यात्रुहरू बताउँछन् ।
बानेश्वर, थापागाउँ लगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीहरुले तार काटेर फुटपाथमै भद्रगोल रूपमा छोड्दा अल्झिएर लड्ने खतरा बढेको उनीहरू बताउँछन् ।
‘तार व्यवस्थापन गर्दा राम्रो त देखिन्छ । तर, यो पनि सुरक्षित गर्नुपर्यो नि, अहिले बाटोमा हिँड्दा अल्झिने समस्या छ, फुटपाथको रेलिङमा बाँधेर राख्दा अर्को खतरा देखिएको छ,’ पैदल यात्रु निकिता श्रेष्ठ बताउँछिन् ।
काठमाडौं महानगर प्रहरीले यो विषयमा ध्यानाकर्षण भएको भन्दै एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तारहरुलाई सुरक्षित व्यवस्थापन गर्न निर्देशन दिने जनाएको छ ।
प्रतिक्रिया 4