+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यस्तो स्थिति आउनुमा विदेशी फिल्मका वकालतकर्ता जिम्मेवार : भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते ८:०९

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर चर्किएको विवादबारे प्रतिक्रिया जनाएका छन् । बोर्डले ल्याएको सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्छ भन्ने नियम लागू हुन नसक्दा पछिल्लो परिस्थिति आएको उनको दाबी छ ।

‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद समावेश भएपछि फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा टिकाटिप्पणी भइरहेको छ । यसबारे औपचारिक प्रतिक्रिया गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष केसीले भने, ‘बोर्डले गरेको निर्णय आत्मसात भएको भए आज यो दिन आउने थिएन ।’

पछिल्लो परिस्थितिप्रतिको जिम्मेवारी विदेशी फिल्मको वकालत गर्नुपर्नेले लिनुपर्ने केसीको टिप्पणी छ । उनी भन्छन्, ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोलि हल सञ्चालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्‍यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन ।’

तीन दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियमको पनि विरोध भइरहेको भुवनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?