
७ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउण्डेड गरेको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज उडाएका दुई पाइलटले १५ जुनका दिन जापानको नारिता विमानस्थलमा जहाज ‘ओभरस्पिड’मा अवतरण गराउन खोजेका थिए ।
सो क्रममा जहाज ओभरसुट गर्नु परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
यसबारे नेपाल एयरलाइन्सले नै छानविन गरी एक प्रतिवेदन प्राधिकरणमा बुझाएको थियो । त्यसपछि प्राधिकरणले घटनाबारे छानविन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने गरी ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।
समितिले प्रतिवेदन नदिएसम्म यी पाइलटले जहाज उडाउन पाउने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4