सामूहिक लगानी कोष (म्यूचुअल फण्ड) मा दुईवटा विधिबाट लगानी गर्न सकिन्छ- एसआईपी र लमसम् ।
त्यसमध्ये सवैभन्दा लोकप्रिय विधि हो- सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) ।
एसआईपी यस्तो एउटा लगानी रणनीति हो जसमा लगानीकर्तालाई निश्चित रकम नियमितरुपमा लगानी गर्ने अवसर दिन्छ । दीर्घकालिन लगानीका लागि यो सवैभन्दा उपयुक्त विधि हो ।
बन्दमुखी प्रकृतिका म्यूचअल फण्डमा एकै पटक अर्थात् लमसम् विधि मार्फत् लगानी गर्न सकिन्छ भने खुलामुखी प्रकृतिका म्युचुअल फण्डहरुमा एकै पटक वा नियमितरुपमा जम्मा गरी लगानी गर्न सकिन्छ ।
सामान्यतयाः एसआईपी विधिमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा लगानी गर्न पाइन्छ । एसआईपीको प्रमुख उद्देश्य भनेको लगानीकर्तालाई नियमित वचत गर्न अभिप्रेरित गर्नु हो ।
एसआईपी मार्फत् निश्चित् अवधिमा लगानी गरिने भएकोले बजार बढेको बेलाको मात्र लगानी नभएर घटेको बेला पनि लगानी भइरहन्छ । फलस्वरूप लगानीकर्ताहरु सधै महँगोमा पर्ने सम्भावना हुँदैन ।
यसको मतलब तपाईले म्यूचअल फण्डको मूल्य कम हुँदा आफ्नो पूर्व निर्धारित पूँजीबाट धेरै ईकाइहरू खरीद गर्नु हुन्छ र मूल्य धेरै हुँदा कम ईकाइहरू किन्नुहुन्छ । यसले तपाइँको समग्र लगानीमा हुने जोखिम कम गर्न मद्दत मिल्छ ।
लगानीकर्ताले थोरै रकममार्फत् पनि एसआईपीमा लगानी गर्न सक्ने भएकोले साना र थोरै आय भएका लगानीकर्तालाई राम्रो विकल्प हो ।
एसआईपी क्यालकुलेटर के हो ?
एसआईपी क्यालकुलेटर यस्तो औजार हो जसले सिस्टम्याटिक इन्भेष्टमेन्ट विधिमार्फत् लगानी गर्दा तपाइले कति प्रतिफल पाउनुहुन्छ भनेर हिसाव निकाल्न मद्दत गर्छ । लगानी गर्न चाहेको रकम, समय र अपेक्षित प्रतिफल दर छनाैट गरी अनुमानित लाभको हिसाव निकाल्न सकिन्छ ।
म्युचुअल फण्डको योजनाले प्रतिफलको ग्यारेन्टी गर्दैन् त्यसैले एसआईपी क्यालकुलेटर मार्फत् गणना हुने प्रतिफल लगानीकर्ताको स्वविवेकले निर्धारित अनुमानित प्रतिफल मात्र हो ।
वास्तविक प्रतिफल र एसआईपी क्यालकुलेटरमा गणना गर्न प्रयोग भएको प्रतिफल फरक पर्न सक्ने छ र जसले गर्दा अन्त्यमा आउने प्रतिफल पनि थपघट हुन सक्नेछ ।
प्रतिक्रिया 4