+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिनियाँ राजदूततर्फ संकेत गर्दै वर्षमानले भने : सरकारले सचेत गराओस्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १३:०६

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताएका छन् । नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने उनको भनाइ छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्यो भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्न दिनै हुँदैन । यो बेठिक हो, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि र हाम्रो कूटनीतिमा पनि ।’

नेपालका लागि चिनियाँ राजदूतले हालैमात्र नेपाल–भारत व्यापारका विषयमा कडा टिप्पणी गरेका थिए, जसलाई कूटनीतिक मामलाका जानकारहरुले ‘गैरकूटनीतिक अभिव्यक्ति’ भनेर आलोचना गरेका छन् ।

माओवादी केन्द्रमा उपमहासचिव पुनले चिनियाँ राजदूतको नाम नलिई भने ‘यो हाम्रो घरेलु विषय हो, हाम्रो सम्बन्धको विषय हो । सही गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौं । त्यसमा परराष्ट्र मन्त्रालयलाई सतर्क बनाउने या कुनै सन्दर्भमा स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालयले सरकारले यसमा पहल गरोस् ।’

पुनले नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्नै दिन नहुने बताउँदै उनले भने, ‘हामी हाम्रो घर परिवारसँग के गर्छौं, कसरी घर परिवार मिलाउँछौं, हामी हाम्रो छिमेकसँग के गर्छौं, अर्को साथीसँग के गर्छौं, तेस्रो पक्षलाई साचो हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?