+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कांग्रेस केन्द्रीय समिति बैठक : मन्त्रीहरुको धारणा आज पनि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते ७:५२

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आज मन्त्रीहरुसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए । आज बाँकी मन्त्रीहरुले धारणा राख्ने केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

सरकारमा नेपाली कांग्रेसका नौ जना मन्त्रीहरु छन् । तर उनीहरुको काम प्रभावकारी नभएको भन्दै पार्टीभित्र आवाज उठ्दै आएको छ ।

सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा गर्न भन्दै बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको थियो । बिहीबारको बैठकमा मन्त्री बस्नेतसहित केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले धारणा राखेका थिए ।

केन्द्रीय समिति बैठक शनिबार सक्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?