+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘ड्रेस टु इम्प्रेस सिजन ९’मा चार जनाले जिते उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते २०:०५

काठमाडौँ । फेसन डिजाइरको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन ९’ मा ४ विजेता छानिएका छन् । ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित क्रप्स, ‘मेतालिक एण्ड इथ्लेजर’ थिममा चार विजेता छानिएका हुन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा ‘लुक आइ क्यान फ्लाइ’तर्फ माया गुरुङ बिजेता बन्दा ‘तक्स एण्ड तिआरा’तर्फ फर्जाना खातुन विजेता भइन् । ‘एक्स्कुइजित क्रप्स’ र ‘मेतालिक एण्ड इथ्लेजर’ तर्फ क्रमशः प्रिया घिमिरे र एन्जोली महर्जन विजेता बने ।

एन्जोलीले अनुशासन विधामा अवार्ड जितिन् । विजेता सबैले नगद सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रिय सदस्य आरजु देउवाले पुरस्कार प्रदान गरिन् ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धामा ‘ड्रेस टु इम्प्रेस सिजन–९’मा १०७ डिजाइनिङका विद्यार्थीले सहभागी थिए । कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो ।

प्रतिनिधिसभा सदस्य आरजु देउवा प्रमुख अतिथि रहेको ‘ड्रेस टु इम्प्रेस सिजन ९’मा पूर्वमिस नेपाल उषा खड्गी, फेसन डिजाइनर राजेश धाख्वा, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीश लगायत निर्णायक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?