+
+

व्यवसायीलाई १० हजार रुपैयाँभन्दा बढी जरिवाना गर्नुहुँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १६:०९

१५ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन, कानुनको पालना नगर्ने व्यापारी, व्यवसायीहरुलाई १० हजार रुपैयाँ भन्दा बढी जरिवाना गर्न नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको विषयमा भएको छलफलमा उनले व्यापारीलाई सजायको हद १० हजार रुपैयाँ भन्दा बढी राख्नु अनुचित रहेको बताएका हुन् ।

‘ऐन, कानुन परिपालनाको हकमा जरिवाना, सजायको हद १० हजार भन्दा बढी राख्नु अनुचित रहेकाले १० हजारसम्म कायम गर्नुपर्ने । दूषित खाद्य पद्धार्थ, न्यून स्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी, नोक्शानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद र अत्यधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकाले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनुपर्ने’, उनले विधेयकमा सुझाव पेश गर्दै भने ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति (बेस्ट विफोर डेट) लेभलमा खुलाउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै विधेयकमा दूषित र मिसावटलाई एउटै हो भन्ने किसिमले व्यवस्था गरिएको भन्दै कुनै वस्तुमा मिसावट हुनेबित्तिकै त्यो वस्तु दूषित भनी कारबाही गर्ने ऐनको प्रावधानलाई परिवर्तन गरी दूषित र मिसावटसम्बन्धी छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?