 
																			२१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।
सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए ।
‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’
कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने खनालले बताए । हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4