+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रेशम चौधरी भन्छन् : एउटा थारू मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १८:५१

२३ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम वा लुम्बिनी प्रदेशको मुख्यमन्त्री दावी गर्ने भएको छ ।

नयाँ समीकरणमा जाने वा नजाने भन्ने प्रष्ट निर्णय नगरिसकेको नाउपाले मुख्यमन्त्रीको अडान लिने भएको छ । ‘हाम्रो सांसदहरुसँग छलफल गरेको छु, साथीहरुको एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ’ अध्यक्ष रेशम चौधरीले भने, ‘त्यो सुदूरपश्चिममा भए पनि हुन्छ, लुम्बिनी भए पनि हुन्छ ।’

गत वर्ष चुनावमा भाग लिइरहँदा नै ‘थारु मुख्यमन्त्री’ एजेण्डा बनाएको उनले बताए । ‘पहिचान सहितको संघीयता, राजबन्दीहरुको रिहाइ र थारु मुख्यमन्त्री भनेर हामी चुनावमा भाग लिएका थियौ’, चौधरीले भने ।

नाउपाले नयाँ सरकारमा जाने वा नजाने भन्ने निर्णय लिने अधिकार अध्यक्ष चौधरीलाई नै दिएको छ । सरकारबारे निर्णय गर्नुपर्ने भएकाले पार्टी बैठक भने स्थगित गरेको छ ।

यही फागुन २७–२८ बस्ने भनिएको संस्थापक नेताहरु सहित संघ र प्रदेश सांसदहरुको बैठक अब वैशाख १३–१५ मा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?