
काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले फिल्म निर्माण समेत गर्ने भएको छ । यो कम्पनीको प्रस्तुतिमा बन्न लागेको फिल्मको नाम ‘प्रोजेक्ट सारंगी’ राखिएको छ ।
फिल्ममा लगानी पनि कम्पनीकै हुने उल्लेख छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेको हो । मौलिक कथा र कलात्मक प्रस्तुति रहने फिल्मबारे विस्तृत जानकारी वैशाख ७ गते गराउने उल्लेख छ ।
विदेशमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनीले यसअघि फिल्म ‘अगस्त्य’मा पनि लगानी गरेको थियो ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दैछन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
फिल्मलाई आगामी वर्ष मात्र रिलिज गरिने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4