+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल उद्योग परिसंघ महानिर्देशकमा डा. ओझा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १४:१५

१ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघ महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन् ।

परिसंघ पदाधिकारी समितिको १८औं बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।

उनले उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए ।

उनले परिसंघमा आबद्ध सम्पूर्ण सदस्यमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए ।

ओझाले द काठमाडौं पोस्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थामा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधि हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?