+
+

‘द स्म्यासिङ मेसिन’को छायांकनका क्रममा ड्वेन जोन्सन घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:५१

काठमाडौं । फिल्म ‘द स्म्यासिङ मेसिन’को छायांकनको क्रममा हलिउड अभिनेता ड्वेन जोन्सन घाइते भएका छन् । उनको दाहिने कुहिनोमा गम्भीर चोट लागेको अभिनेता जोन्सनले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै जानकारी दिएका छन् ।

रेस्लिङ दुनियाँमा ‘द रक’ भनेर प्रसिद्ध अभिनेता जोन्सनले भने, ‘तपाईंहरुलाई थाहा नै छ, म ‘द स्म्यासिङ मेसिन’ नामक फिल्मको सुटिङ गरिरहेको छु । यसका केही दृश्य सुट गर्ने क्रममा मेरो कुहिनोको तल्लो भागमा धेरै चोट लागेको छ ।’

जोन्सनले अस्कर मनोनित एमिली ब्लन्ट र पेसेवर बक्सर अलेक्सान्डर उसिक अभिनित ‘द स्म्यासिङ मेसिन’मा मार्क केरको भूमिका निर्वाह गरेका छन्, जो एक चर्चित लडाकु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?