३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए ।
महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए ।
बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4