+
+

जाजरकोट पहिरो : बुबाआमाको मृत्यु, घाइते छोरीलाई हेलिकोप्टरमा सुर्खेत ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १३:३७

२३ भदौ, काठमाडौं । बारेकोट गाउँपलिाका–६, जाजरकोटमा गएराति गएको पहिरोमा पुरिएर घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर सुर्खेत ल्याइएको छ ।

राति २ बजे पहिरो जाँदा घाइते ११ वर्षीया सम्झना चलाउनेलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।

राति भएको घटनामा उनका बुबा ४७ वर्षीय मानबहादुर चलाउने र आमा ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घटनास्थलमै ज्यान गएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि आधारभूत स्वास्थ्य कैन्द्र बारेकोट लगिएको छ ।

घरमा उनीहरुका आफन्त १६ वर्षीया विमला चलाउने पनि थिइन् । तर, उनी समयमै भाग्न सफल हुँदा जोगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?