+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

९ जना विश्वकीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्‍य स्वागत (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज २८ गते १५:३३

२८ असोज, काठमाडौं । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ।

सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहको आयोजना ९ जना विश्वकीर्तिमानी आरोहीहरूलाई भव्‍य स्वागत गरेको हो।

विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पा, ८ हजार मिटरभन्दला अग्ला १४ वटा हिमालहरू ५०औं पटक आरोहण गरेका तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जालाई भव्‍य रुपमा स्वागत गरिएको छ ।

यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित ९‌ जना नेपाली पर्वतारोहीहरुलाई बाजागाजासहित भव्‍य रुपमा स्वागत गरिएको हो ।

यसका साथै उनीहरूको स्वागतका लागि नेपाल नेशनल माउन्टेन गाइड एशोसियशन, मगर संघ, गुरूङ संघ, शेर्पा टुरिजम् इन्टरप्रेनियर्स एशोसियशन अफ नेपाल, सेभेन समिट ट्रेक्सलगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।

कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थल परिसरमा विभिन्न समुदायका मानिसहरू आफ्नो पहिचान झल्किने भेषभूषामा उपस्थित भएका थिए।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?