२६ कात्तिक, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।
सहकर्मी डाक्टरले नै यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ ।
कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन ।
बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना तिहारअघिकै भएको बताए । ‘अनुसन्धान पनि लगभग अन्तिम चरणतिर पुगिसकेको छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4