+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
99/5 (14.6)
Shares

कर्णाली राजमार्गले बढायो कालीकोटका बजारमा व्यापार

रासस रासस
२०८१ कात्तिक २९ गते १५:३३

२९ कात्तिक, कालीकोट । कर्णाली राजमार्गका कारण कालीकोका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ । राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरुको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो ।

नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ । खुलालु बजार क्षेत्रमा आर्थिक कारोबार बढेको वडा नं ९ अध्यक्ष प्रदीप बोहराले बताए । उनले भने, ‘यस अघि जितेगडा र लालिघाटबाट सञ्चालन हुँदै आएका सवारीसाधन पछिल्लो समय खुलालुबाट चल्न थालेका छन् ।’

राजमार्ग सञ्चालनमा आएपछि स्थानीयले यातायातका साधन किनेर व्यावसायिक रुपमा आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए । कर्णाली राजमार्ग आसपासमा स्थानीयले व्यावसायिक तरकारीखेती गर्न थालेका छन् ।

विगतमा रोजगारका उपाय नहुँदा भारत जाने चलन थियो । तरकारी बिक्री गर्ने बजारको समस्या नभएपछि तरकारीखेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडिका किसान नरप्रसाद बरालले बताए । हाल बजार क्षेत्रमा होटल व्यवसाय र अन्य व्यापारीको सङ्ख्या बढेको  गर्न रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशीचन्द्र बरालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?