 
																			७ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।
पञ्चेबाजासहित सुरु भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।
एमालेसहित काठमाडौंमा एकैपटक तीन ठाउँबाट प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ।
एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा आयोजना गरेको हो । जसलाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
 
 
 
  
  
  
  
  
 
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                
प्रतिक्रिया 4