+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार’ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १८:२१

काठमाडौं । यस वर्षको ‘दयाराम परियार स्मृति पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ । अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित पुरस्कार प्रत्येक वर्ष मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने एक जना व्यक्तिलाई प्रदान गरिंदै आएको छ ।

७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले मंगलबार आयोजना गरेको समारहोमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उनलाई सम्मान गरे ।

मानव अधिकार, कानुनी शासन तथा सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ ।

अधिकारकर्मी दयाराम परियारको २०६२ चैत ११ मा मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा प्रहरीको गोली लागेको थियो । उपचारको क्रममा उनको चैत १५ गते निधन भएको थियो । त्यसबेला मुलुकमा शाही शासनकाल थियो ।

अधिकारकर्मी परियारको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान गरिंदै आएको छ । उक्त पुरस्कारबाट यसअघि डा. शिवमाया तुम्बाहाम्फे, श्यामसुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरीमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेमकुमारी पन्त, नारायणप्रसाद शर्मा, डाक्टर हरिहर वस्ती, डाक्टर रेणु अधिकारी सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?