२७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ ।
विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ ।
‘त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु सहजताका लागि उडान समय बढाइएको हो, ‘त्रिभुवन विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘अब काम पनि भइरहन्छ र उडान समय अवधि पनि अझै बढ्दै जान्छ।’
हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ। आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।
                                    
                                
                            
                                
            
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4